image

५ किलो हिरोइनसहित ४ जना पक्राउ

५ किलो हिरोइनसहित ४ जना पक्राउ

काठमाडौँ, ९, असार ।  करिब ५ किलो हिरोइनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना विदेशीसहित ४ जना छन् । 

पक्राउ पर्नेमा तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अब्बुलिकी, भारत घर भएका ४६ वर्षीय मुनिम सिंह, ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ घर भएका ३० वर्षीय बिक्की रौनियार छन् । 

तान्जानियन अब्दुल्लाह असार २ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौं आएका हुन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरीले विमानस्थलबाट पिछा गरेर उनलाई बौद्धस्थित एक होटलबाट पक्राउ गरेका हुन् । 

उनको साथमा ४ किलो ९ सय ग्राम हेरोइन फेला परेको छ । अब्दुल्लाहले ल्याएको हेरोइन लिन आएको अवस्थामा २ भारतीय र एकजना नेपालीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।