image

जनकपुरधाम आइपुग्यो भारत गौरव पर्यटक रेल

जनकपुरधाम आइपुग्यो भारत गौरव पर्यटक रेल

काठमाडौँ, ९, असार ।  रामायण सर्किटमा सञ्चालन हुने भारत गौरव पर्यटक रेल पहिलोपटक नेपालको जनकपुरधाम आइपुगेको छ ।

करिब ६०० धार्मिक पर्यटक बोकेको रेल आज दिउँसो जनकपुरधाम आइपुगेको हो । उक्त रेल मंगलबार साँझ भारतको नयाँदिल्लीबाट गुडेको थियो ।

रेलमा सवार धार्मिक पर्यटकहरुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु, जनकपुरधामका जनप्रतिनिधि र साधुसन्तहरुले जनकपुरधामस्थित रेल्वे स्टेशनमा स्वागत गरेका छन् 

भारतीय पर्यटकको स्वागतमा जनकपुरधामलाई सिंगारिएको छ । उपमहानगरपालिकाले ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरेको छ । उनीहरुको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भारतबाट आएका पर्यटकहरुहरु आज जनकपुरधाममै बस्ने बताइएको छ । जानकी मन्दिरसहितका धार्मिक स्थलहरु घुम्ने उनीहरुलाई साँझ गंगा सागर पोखरीमा हुने गंगा आरतीमा सहभागी गराउने तयारी गरिएको छ ।

मुख्यमन्त्री राउतले रामायण सर्किटमा रेल चल्ने भएपछि यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले रेल सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गर्दै भारत सरकारलाई धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।