प्रि-ओपन सेसन : ४ अंक घट्यो नेप्से परिसूचक
काठमाडौँ, ९, असार । आज विहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक घटेको छ ।
अघिल्लो कारोबारको दिन ३१.२१ अंक घटेर १८९३.५३ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ४.१३ अंक घटेर १८८९.४० विन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ ।
आज प्रि ओपन सेसनमा १४ स्टकको १२ लाख ४६९ रुपैयाँ ३९ पैसा बराबरको ४ हजार ८६८ कित्ता शेयर खरिदबिक्री भएको छ ।