image
image

रियलमी सिक्स आईको मूल्य घट्यो

काठमाडौँ । रियलमीको ‘मिड–रेन्जर’ स्मार्टफोन रियलमी सिक्स आईको मूल्य घटेको छ । ‘मिडियाटेक हेलियो जी८०’ प्रोसेसर रहेको यो फोन अनलाइन गेम रुचाउने प्रयोगकर्तामाझ लोकप्रिय छ ।

६.५ इन्च एचडी प्लस ड्रप स्क्रिन डिस्प्लेका साथ यो फोन बजारमा उपलब्ध छ । ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको रियलमी सिक्स आई अब २३ हजार ९९० मा खरिद गर्न सकिने भएको हो । यसअघि यो फोनको मूल्य २५ हजार ९ सय ९० रहेको थियो । यसमा अक्टाकोरको सीपीयू राखिएको छ ।

मिल–जी ५२ जीपीयुका कारण सामान्य स्मार्टफोनको तुलनामा यसले फोनको पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि गर्ने कम्पनीको दाबी छ । फोनमा ४८ एमपी क्यामेरा राखिएको छ । जसमा ११९ डिग्रीको ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स गरी जम्मा चार वटा क्यामेरा राखिएका छन् । 

पाँच हजार एमएएच क्षमताको ब्याट्री रहेको फोनमा १८ वाट फास्ट चार्जिङ सपोर्ट दिइएको छ । कम्पनीका अनुसार रियलमी आई सिक्सको दोस्रो संस्करणको फोन चाँडै बजारमा ल्याउने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।