image

साउन १ गतेदेखि  काठमाडौं महानगरमा फोहोरको वर्गीकरण

साउन १ गतेदेखि काठमाडौं महानगरमा फोहोरको वर्गीकरण

कामठाडौँ, ९, असार ।  काठमाडौं महानगरवासीले साउन १ गतेदेखि फोहोरको वर्गीकरण (कुहिने र नकुहिने छुट्याउनुपर्ने) गर्नुपर्ने भएको छ।

काठमाण्डौ महागरपालिकाको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गर्दै नगरवासीलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घर ९स्रोत०मै छुट्याउन आग्रह गरेको हो । फोहोरको वर्गीकरण नगरी एकैठाउँमा मिसाउनेलाई ५०० रुपैयाँ जरिवाना हुने पनि महानगरले जनाएको छ । 

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले त्यस्ता फोहोरका लागि बेग्ला–बेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले स्पष्ट पारेको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्ता फोहोर नउठाइने महानगरले जनाएको छ । 

कुहिने र नकुहिने फोहोर एकैठाउँमा राखेमा प्रत्येक पटक ५०० रुपैयाँका दरले जरिवाना हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।