image

मोबाइल आयात ह्वातै घट्यो, जेठमा सवा १ अर्बको मोबाइल सेट भित्रिए

काठमाडौँ, ८, असार ।  जेठ महिनामा १ अर्ब १२ करोड रुपैयाँ बराबरका मात्रै मोबाइल सेट नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको ११ महिनासम्मको तथ्याङक अनुसार सो रकम बराबरका मोबाइल सेट नेपाल भित्रिएका हुन् । 

गत बैशाखमा झन्डै दुई अर्ब बराबरका स्मार्टफोन नेपाल आयात भएका थिए। जेठ महिनमा सवा १ अर्ब रुपैयाँका २२ हजार सेट मात्रै स्मार्ट फोन आयात भएको तथ्याङकले देखाएको छ । त्यसैगरी, मोबाइल आयात प्रतिबन्धले जेठ महिनामा १३ करोड हाराहारीमा राजस्व समेत घटेको छ ।

तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ११ महिनमा विभिन्न देशबाट ३८ अर्ब बराबरको ५५ हजार मोबाइल सेट नेपाल भित्रिएको छन् । बैशाख महिनासम्म भने ३६ अर्ब बराबरका मोबाइल आयात भएका थिए ।

गत आर्थिक बर्ष २०७७/०७८ मा भने ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको ७० हजार मोबाइल सेट भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा चीन, भारत, भियतनालगायत दुई दर्जन देशहरुबाट मोबाइल आयात हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।