image

२ करोड ३२ लाख ४० हजारको बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

काठमाडौँ, ८, असार । रकम नभएको बैंक खाताबाट चेक काट्ने उपेन्द्र घिमिरेलाई महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ परको ३५ वर्षीय घिमिरे खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्दै आएका थिए ।

महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।

घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए ।

पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।