image
image
साउदीको विभिन्न भागमा आइतबार तापक्रम ५० डिग्री सेल्सियस माथि

साउदीको विभिन्न भागमा आइतबार तापक्रम ५० डिग्री सेल्सियस माथि

काठमाडौँ, ६, असार । केही दिनयताको प्रचण्ड गर्मीका कारण खाडीका विभिन्न मुलुकहरूको जनजीवन अस्तव्यस्त बन्न थालेको छ । साउदी अरेबियाका विभिन्न भागमा आइतबार तापक्रम ५० डिग्री सेल्सियस भन्दा माथि पुगेको त्यहाँको मौसम विभागले जनाएको छ । 

प्रचण्ड गर्मीका कारण साउदीका अजमान उपत्यकामा दुई जनाको तिर्खाएर मृत्युु भएको कुवेत सिटिले जनाएको छ । सवारी साधन लिएर भेडा लिन गएका ८२ वर्षीय वृद्ध र उनको ८ वर्षीय छोराको ज्यान गएको हो । घर फर्किने बेला बालुवामा गाडी फसेपछि समस्यामा परेको र पानी पिउन नपाएपछि तिर्खाएर प्राण त्याग गरेको पनि उक्त अनलाइनले लेखेको छ ।

हाल खाडीका विभिन्न देशमा लाखौं नेपाली कार्यरत रहेका छन् । कतार तथा साउदीमा प्रचण्ड गर्मीको समयमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला ठाउँमा काम गर्न प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।