image
image

आदर्श लघुवित्तको आईपीओमा झन्डै १८ लाख आवेदन, कति कित्ता शेयर खरिदमाग ?

कामठाडौँ, ५, जेठ ।  आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म झन्डै १८ लाख आवेदन परेको छ । 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १७ लाख ९६ हजार ६८४ आवेदकबाट कुल २ करोड १ लाख ४२ हजार ६१० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा ३२१.६९ गुणा बढी हो। 

आदर्श लघुवित्तको आईपीओमा आज असार ५ गते बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। यो लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओ बिक्री खुला गरेको थियो। 

यो लघुवित्तले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

यो आईपीओको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।