मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
काठमाडौँ। अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कारबाट सम्मान गर्ने भएको छ । एसिड आक्रमण अन्त्य लक्षित उनको कार्यको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै गत वर्ष वीरगञ्जकी मुस्कानलाई एक युवकले एसिड प्रहार गरेका थिए। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।
प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्ने गरेको छ।पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि अघिल्ला वर्षमा यही पुरस्कारबाट सम्मान गरिएको थियो ।