image
image

३७.२७ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसूचक राताम्मे

काठमाडौँ, ५, असार । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेर १ हजार ९३४.११ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १३ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नेपाल दूरसंचार कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १३ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय ९५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनसीसी बैंक र सेन्चुरी कमर्सियल बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, रिभर फल्स र बलेफी हाइड्रो पावरका लगानीकर्ताले अधिक गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।