image
image
वैधानिक बाटोमार्फत रेमिट्यान्स पठाउन आग्रह

वैधानिक बाटोमार्फत रेमिट्यान्स पठाउन आग्रह

काठमाडौँ, ५, असार । सरोकारवालाहरूले वैधानिक बाटोमार्फत नेपालमा रेमिट्यान्स पठाउन कतारमा कार्यरत नेपालीहरुलाई आग्रह गरेका छन् । कतारस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयुक्त आयोजनामा भएको  रेमिट्यान्स तथा बैंकिङ साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले उक्त आग्रह गरेका हुन् । 

करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेको कतारबाट बैंकिङ माध्यमबाट वार्षिक २ खर्ब ५६ अर्ब बढी रेमिट्यान्स जाने गरेको अनुमान छ । कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले राज्यप्रति जनताको गुनासो हुनु स्वाभाविक भएपनि जनताले राज्यप्रतिको आफ्नो दायित्व सदैव सम्झनुपर्ने बताए । हुन्डीबाट रकम पठाउँदा तत्काल केही लाभ भएपनि त्यो असुरक्षित रहेको र पछिल्लो समय ठगिएको गुनासो धेरै आएको बताउँदै उनले औपचारिक माध्यमबाट मात्रै पैसा पठाउन आग्रह गरे ।

रेमिट्यान्स पठाउनेमा कतार अग्रस्थानमा रहेको भन्दै खनालले सबैले आ–आफ्नो ठाउँबाट औपचारिक माध्यमबाट पैसा पठाउँदा हुने फाइदा मात्रै बुझाउन सकेमा रेमिट्यान्स थप बढ्ने बताए । उनले सामाजिक सञ्जाल ह्वाट्सएप, इमेल लगायतमा आउने ठगी गर्ने उद्देश्यका कल तथा म्यासेजमार्फत मागिने डिजिटल युजर र पासवर्ड शेयर नगर्न आग्रह गरेका थिए ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जान अन्जानमा थोरै पैसाको लोभमा अवैधानिकरूपमा हुन्डीमार्फत पैसा नपठाउन आग्रह गर्दै परदेशमा रहेका हरेक नेपालीलाई देशको अर्थतन्त्रमा योगदान गर्ने दायित्व रहेको बताए । बज्राचार्यले आफूले आर्जन गरेको पुँजीको वैधानिकता सँगै राज्यबाट पाउने सुविधा प्रयोग गर्न पनि राज्यले तोकेको कानूनी माध्यमबाट पैसा पठाउन अनुरोध गरेका थिए ।

त्यसैगरी आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले वित्तीय संस्थाहरूले प्रदान गरेको सुविधा प्रयोग गर्दै प्रवासमा आर्जन गरेको पुँजी पैसा कमाउनेसँगै बचत गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्न आवश्यक रहेको औंल्याए । विकासोन्मुख देशमा वैदेशिक रोजगारी बाध्यता रहेको भन्दै विदेशमा मिहेनत गरेर कमाएको पुँजी हाइपर फन्ड, क्रिप्टो करेन्सी असुरक्षितसँगै गैरकानुनी भएकाले त्यस्तोमा लगानी नगर्न उनले आग्रह गरे ।

कार्यवाहक राजदूत लक्ष्मण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा दूतावासका विभिन्न क्षेत्रमा रहेका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।