image
image

पोल्याण्ड पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा एक जनाविरूद्ध ३० लाख बढीको बिगो दाबीसहित मुद्दा दायर

काठमाडौँ, ५, असार ।  वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधाको रोजगारीका लागि पोल्याण्ड पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा एक जनाविरूद्ध ३० लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । 

 पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी काठमाडौं सुकेधारा बस्ने पूर्णकुमार दाहालले दोलखाकी सरिता भुजेललाई २१ लाख रूपैयाँ खर्च लाग्ने भन्दै २० लाख १० हजार लिई वैदेशिक रोजगारमा नपठाएको विभागले बताएको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको ठगीको मुद्दामा पूर्ण कुमारले दोलखाकी  भुजेललाई जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेको विभागले बताएको छ ।

शुरूमा २१ लाख लाग्ने कागज गरेपनि २० लाख २० हजार रुपैयाँ ठगी गरेको विभागले दाबी गरेकोे छ । रकम लिएर लामो समयसम्म नपठाएपछि रकम फिर्ता र वैदेशिक रोजगार ऐन अनुसार क्षतिपूर्तिको माग गर्दै भुजेलले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।