image
image

पोखराको फुलबारी रिसोर्ट लिलामी हुने, बैंकको ३ अर्ब ऋण तिर्न बाँकी

काठमाडौँ, ३, असार । नेपाल बैंकले फुलबारी रिसोर्टलाई लिलामीमा लग्ने भएको छ । नेपाल बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फुलबारी रिसोर्टको लिलामी बढाबढ प्रक्रियामा बिक्री हुने जनाएको छ ।

फुलबारी रिसोर्टमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य तथा कर्मचारी सञ्चय कोषले सहवित्तीयकरणमा ऋण दिएका थिए । फुलबारीले रिसोर्टले बैंकको नियमित किस्ता ब्याज नतिरेको एक दशकभन्दा बढी भइसकेको छ । सन् १९९८ मा नेपालले भ्रमण वर्ष मनाएको बेला पोखरामा फुलबारी रिसोर्ट खुलेको थियो ।

रिसोर्टका संस्थापक पियुषबहादुर अमात्य अहिले कर्जा सूचना केन्द्रको कालोसूचिमा छन् । कुनैबेला राजा विरेन्द्रका नजिक मानिने र दरवारका सदस्यहरु विदेश भ्रमणमा निस्कदा व्यक्तिगत रुपमा अमेरिकी डलर व्यवस्थापन गर्न सक्ने अमात्यको ओरोला यात्रासँगै फुलबारी रिसोर्ट बन्द भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।