image
image
आदर्श लघुवित्तको आईपीओमा १५० गुणा बढी आवेदन

आदर्श लघुवित्तको आईपीओमा १५० गुणा बढी आवेदन

काठमाडौँ, ३, असार ।  आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अहिलेसम्म झन्डै १५० गुणा बढी आवेदन परेको छ । 

सीडीएससीका अनुसार बिहीबार साँझसम्म उक्त आईपीओमा ८ लाख ९ हजार ४३७ आवेदकबाट कुल ९३ लाख ४ हजार ४२० कित्ता सेयर खरिद आवेदन परेको छ । जुन मागभन्दा १४८.५९ गुणा बढी हो । 

लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओमा आवेदन खुला गरेको छ । संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

कुल कित्तामध्ये ३ हजार ३५० कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर ९०.५ प्रतिशत० कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओको निष्कासन बन्द असार ६ गते बैंकिङ समयपछि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।