image
image

साना किसान विकास लघुवित्तमा कर्मचारी आवश्यकता, असार ३१ गतेभित्र आवेदन दिनुपर्ने

काठमाडौँ, २, असार । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 

लघुवित्तले आवश्यकताअनुसार केन्द्रीय कार्यालय तथा इलाका कार्यालयहरुका लागि करार सेवामा अधिकृतमा २ जना कर्मचारी माग गरेको छ । सो का लागि लघुवित्तले १६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

त्यस्तै, स्थायी सेवाअन्तर्गत प्रबन्धक।अधिकृत र बरिष्ठ अधिकृतमा २–२ जना कर्मचारी माग गरेको छ । साथै वरिष्ठ सहायक (सूचना प्रविधि) एकजना र इलाका कार्यालय बनेपा, अत्तरिया, नेपालगंज, बर्दिबास र बुटवलका लागि सहायक एक–एकजना माग गरेको छ ।

कम्पनीले अधिकृत लेभलका लागि चार्टर्ड अकाउन्टेन्ट उत्तीर्ण, सूचना प्रविधि वरिष्ठ सहायकमा सूचना प्रविधिामा स्नातक तह र सहायकका लागि प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र कम्पनीको वेबसाइट http://jobs.skbbl.com.np/rec मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।