image
image

कतिमा कारोबार हुँदैछ बिटकोइन ?

काठमाडौँ, २, असार । बिहीवार एउटा बिटकोइन २२,१२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गएको पाँच दिनयता यसमा २५ प्रतिशत गिरावट आएको छ । विगत १८ महिनामा यो सबैभन्दा कम मूल्य पनि हो ।

गएको नोभेम्बरमा बिटकोइनको मूल्य हालसम्मकै उच्च ७०,००० डलर रहेको थियो । विगतको महिनामै पनि बिटकोइनको मूल्य ओरालो लागिरहेको देखिन्छ ।

विज्ञहरूका अनुसार विश्वव्यापी आर्थिक अवस्था कारण यस्तो भएको हो। क्रिप्टोबजारमा मात्रै होइन अहिले सबैतिर समस्याहरू देखिएका छन् ।

मन्दी सन्निकट देखिन्छ भने महँगी आकासिएको छ  ब्याजदर बढिरहेको छ भने जीवनयापनको खर्च धान्नै नसकिने अवस्थामा पुगेको छ। सेयर बजार पनि अस्थिर छ ।

यसको परिणाम स्वरूप ठूला लगानीकर्ताहरूको पनि आफ्नो रकमलाई लिएर हात बाँधिएको छ । सामान्य लगानीकर्ताहरूलाई लगानी गर्न गाह्रो अवस्था छ ।

धेरैका लागि जोखिमपूर्ण र पूर्वानुमान गर्न नसकिने क्रिप्टोकरेन्सी जस्ता क्षेत्रमा लगानी गर्नु यस्तो बेलामा ठूलो जोखिम हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।