भारतमा पछिल्लो २४ घण्टामा१२ हजारभन्दा बढी नयाँ संक्रमित थपिए
काठमाडौँ, २, असार । भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १२,२१३ नयाँ संक्रमित फेला परेका छन् । यसका कारण ११ जनाको मृत्यु पनि भएको छ ।
सक्रिय संक्रमित ५८,२१५ रहेका छन् । दैनिक सकारात्मकता दर २.३५ प्रतिशत रहेको छ । पछिल्लो एक दिनमा कोरोनाका ७६२४ संक्रमित उपचारपश्चात् निको भएका छन् ।एजेन्सी









