image
image

भैरहवामा श्रम स्वीकृति प्रदान गर्ने शाखा कार्यालय स्थापना

काठमाडौँ, २, असार । भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको छ । शाखाको बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले उद्घाटन गरे । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालन भएसँगै मन्त्री श्रेष्ठले भैरहवाबाट श्रम स्वीकृतिका सबै काम गर्ने गरी कार्यालय स्थापना गर्ने सार्वजनिक गरेका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सुविधा र गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय उडानका लागि सहज बनाउन भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयबाट लुम्बिनी प्रदेशसहित सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरूलाई सहज हुने मन्त्री श्रेष्ठले बताए ।

कार्यालय स्थापनाका अवसरमा बोल्दै मन्त्री श्रेष्ठले भैरहवाबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई छुट दिन होटल, ट्राभल एजेन्सी, यातायात व्यवसायीलगायतलाई आग्रह समेत  गरेका छन् । 

वैदेशिक रोजगार काठमाडौं कार्यालयमा जस्तै श्रम स्वीकृतिका सबै काम अनलाइन प्रक्रियाबाट प्रदान गरिने प्रबन्ध मिलाइएको र पछि उपसचिवस्तरको कर्मचारी खटाइने भएपनि हाल शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याइएको छ । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारसम्बन्धी सेवालाई संघीयताको मर्म अनुसार प्रदेशस्तरमा विस्तार गरिने बताए । भैरहवापछि पोखराबाट पनि सबै प्रकारका सेवा शुरु गरिने उनले बताए । सचिव अर्यालले प्रदेशस्तरबाट सेवा प्रदान गर्न वैदेशिक रोजगार व्यवसायीहरूलाई पनि आग्रह गरे । 

करिब चार दशकपछि गत वैशाखमा भैरहवामा दोस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । उक्त विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारीमा जाने लुम्बिनी, गण्डकीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका कामदार खुशी भएका छन् । काठमाडौं आएर विदेश उड्नु पर्ने र विदेशबाट फर्किँदा काठमाडौंको महँगीमा पर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको उनीहरूको भनाइ छ । 

वैदेशिक रोजगार व्यवसायी त्रिवेणी ओभरसीज कन्सर्न प्रा.लि.का सञ्चालक लक्ष्मण पौडेलले साउदी अरब, कुवेत र ओमान जाने लुम्बिनी, गण्डकीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका कामदारलाई भैरहवामा जम्मा गरी उडाउने गरेकोे बताए । उनले भैरहवाबाट उडाउँदा व्यवसायीलाई एक हजार र कामदारलाई चार हजार रूपैयाँसम्म सस्तो परेको बताए । हाल जजिरा एयरले भैरहवाबाट ओमान, कुवेत र साउदी अरबको रियाद जाने कामदारलाई लक्षित गरेकोे बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।