image
image

बुधबार पनि शेयर बजार राताम्मे

काठमाडौँ, १, असार । साताको तेस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ । गत बिहीबारबाट लगातार ओरालो लागेको शेयर बजार आज पनि ओरालो लागेको हो ।

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक २९.८९ अंकले घटेर १९६६.३७ को बिन्दुमा पुगेको हो । 
 
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।

आज करिब साढे १ अर्बको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकम कम्पनीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँको कारोबार भएको हो । कम्पनीको शेयर आज १.१७ प्रतिशतले बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएको शेयर भटाभट बेच्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।