image
image

साउदीमा कामदारमाथि ज्यादति बढ्दो, चुपचाप नबस्न नेपाली दूतावासको आग्रह

काठमाडौँ, १, असार । साउदी अरबस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि गएका नेपाली कामदारमाथि रोजगारदाता कम्पनीबाट दुर्ब्यबहार बढेको बताएको छ । दूतावासले मंगलबार आफ्नो फेसबुक पेजमार्फत कम्पनीको तर्फबाट नेपाली कामदारमाथि विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो प्राप्त हुन थालेको जनाएको छ ।

दूतावासले भनेको छ, ‘कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने गुनासो आएको छ ।’ दूतावासले आफूमाथि अमानवीय तथा हिंसाका घटना भएमा मौन रहेर चुपचाप नबस्न पनि नेपाली कामदाररूलाई आग्रह गरेकोे छ । 

दूतावासले भनेको छ, ‘कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट भएमा प्रहरीलाई ९११ मा तुरून्तै सम्पर्क गर्न अनुरोध छ ।’

त्यसैगरी दूतावासले कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कुनै समस्या भएमा श्रम मन्त्रालयको टोल–फ्री नं १९९११ मा सम्पर्क गर्न सकिने बताएको छ । करिब ४ लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूका लागि प्रमुख श्रम गन्तव्य हो । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् ।

पछिल्ला दिनहरूमा आफ्ना नागरिकलाई स्थानीय रोजगारीमा प्राथमिकतामा राखेको साउदीले विदेशी कामदारका समस्याको सुनुवाइमा तत्परता देखाउन छोडेको त्यहाँबाट फर्केका नेपाली कामदारहरूको भनाइ छ ।

खासगरी सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या बढेको बताइएको छ । ड्राइभरका लागि जाने नेपालीहरू अत्यधिक समस्यामा रहेको बताइएको छ ।

यसैबीच प्रचण्ड गर्मी बढेपछि साउदी अरबले बुधबारदेखि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म घाम लाग्ने ठाउँमा काम गराउन प्रतिबन्ध लगाएको छ । उक्त प्रावधान १५ सेप्टेम्बरसम्म कायम रहने साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले निषेधित समयमा काममा लगाए कम्पनीविरूद्ध कारबाही गरिने भन्दै  टोल फ्री नं. १९९११ मा गुनासो टिपाउन अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।