image
image

साउनदेखि राष्ट्रबैंक निर्मम बन्ने संकेत

काठमाडौँ, १, असार । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर नेपाल राष्ट्रबैंकका अधिकारीहरुले साउन १ गतेदेखि केन्द्रीय बैंकले तोकेको नियामकीय व्यवस्थामा कडाई गरिने र यो वा त्यो नाममा कुनै सम्झौता नहुने चेतावनी दिएका छन् । 

मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छलफलमा राष्ट्रबैंकका अधिकारीहरुले सीडी रेसियो, स्प्रेड दर, ऋणको प्रोभिजनिङ लगायतका नियामकीय व्यवस्था कायम नगर्ने बैंकहरुलाई जरीवाना र कारबाही गरिने चेतावनी दिएका हुन् । 

राष्ट्रबैंकले असार मसान्तसम्म सीडी रेसियोलाई ९० प्रतिशतको बाञ्छित सीमाभित्र राख्नुपर्ने निर्देशन यसअघि नै जारी गरिसकेको छ । यो निर्देशनमा कुनै पनि तलमाथि नहुने अधिकारीहरुले छलफलमा प्रष्ट पारेका छन् । 

छलफलमा सहभागी सीइओहरुका अनुसार आजको छलफल नियमित भनेर डाकिए पनि राष्ट्रबैंकले वाणिज्य बैंकहरुले नाफा कमाउने नाममा गलत शैली अपनाएका, ब्यालेन्ससिट नाफाकेन्द्रीत मात्र बनाउने गरिएको, लोनहरुको डूब्लिकेसन भएको, तथ्याङ्कमा तलमाथि गरेर खेल्ने काम भएको, निक्षेप संकलनमा कम ध्यान दिएको, क्षमताभन्दा बढी कर्जा प्रवाह गरेको, आधार दरमा समेत गडबड गरी लोनको ब्याजदर बढाएको लगायतका कमजोरी औंल्याउँदै कार्यशैली सुधार गर्न निर्देशन दिएका थिए । 

अर्थतन्त्र संकटमा फस्दै गएको सन्दर्भ समेत उठाएर बैंकहरु अझै अनुशासित बन्नुपर्ने, आक्रामक ग्रोथको रणनीतिभन्दा अनुशासित ग्रोथतर्फ केन्द्रीत हुनुपर्ने लगायतका विषयमा समेत सुझाव दिइएको एक सीइओले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।