वैदेशिक रोजगार नीति श्रमिकमैत्री बनाउन सुझाव
औपचारिक रुपमा नेपाली श्रमिक विदेशीन थालेको डेढ दशकपछि मात्र सरकारले वैदेशिक रोजगारीलाई सुक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार नीति, २०६८ जारी ग्यो । अन्तर्राष्ट्रिय श्रम, बजारमा आएको परिवर्तनलाई सम्बोधन गर्न प्रत्येक पाँच(पाँच वर्षमा नीति पुनरावलोकन गर्ने उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व गरेका प्रत्येक मन्त्रीले नीति पुनरावलोकनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै आएपनि अहिलेसम्म पुनरावलोकनले मूर्तरुप लिन सकेको छैन । वर्तमान रसकारले भने वैदेशिक रोजगार नीतिलाई पुनरावलोकनको तयारी गरिरहेको छ ।
सरोकारवालाले वैदेशिक रोजगारमार्फत गरिशी निवारण तथा राष्ट्रको दीगो आर्थिक र सामाजिक विकासमा अधिकतम योगदान पु्र्याउने लक्ष्य लिएको नीति पुनरावलोकन गर्दा श्रमिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । मानव अधिकारका लागि जनमञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले वैदेशिक रोजगारका आयममा आएका परिवर्तनलाई आत्मसात गर्दै नीति पुनरावालोकन हुनुपर्ने बताएका हुन् ।
गन्तव्य मुलुक र स्रोत मुलुकको आवश्यकताका परिपूर्तिका रुपमा वैदेशिक रोजगारी रहेको उल्लेख गर्दै उनीहरुले वैदेशिक रोजगारीलाई कामयवी बनाउन नीतिमा स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन् । कार्यक्रममा वैदेशिक रोजगार नीतिको पुनरावलोकनको आवश्यकता र नागरिक समाजको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता सोम लुईटेलले वैदेशिक रोजगारको बहुआयामिक पक्षलाई ध्यान दिएर नीति पुनरावलोकन गरिनुपर्ने बताए ।
श्रमिकलाई केन्द्रमा राखेर नीति पुनरावलोकन गर्नुपर्छ उनले भने । संयुक्त राष्ट्रसङ्घले आप्रवासी श्रमिकको अधिकारालई मानव अधिकारका रुपमा हेरेको उल्लेख गर्दै उनले नीतिमा कामदारको अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले नीति परिमार्जन गर्न सरकारलाई दबाब दिनुपर्नें बताए । श्रमिकको सामाजिक सुरक्षा, विपदको समयमा श्रमिकको उद्धारलगायतको व्यवस्गा नीतिमै हुनुपर्छ उनले भने श्रमिकलाई मतदानको अधिकार नेपालभित्र पनि कार्यक्षेत्रबाटै मतदान गर्ने व्यवस्था नीतिमा समेटिनुपर्छ ।
नेपाल टे«ड युनियन महासंघका पूर्वसचिवालय सदस्य नरनाथ लुइटेलले वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करी रोक्ने व्यवस्था नीतिमा हुनपर्ने बताए । रिटर्नी फेरेडेशन नेपालका प्रवक्ता जेपी सापकोटाले आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षामा जोड्नुपर्ने र श्रमिकको पन एकीकलाई प्रभावकारी बनाउने विषय नीतिमै व्यवस्था गर्नुपर्ने बताए ।
आप्रवासी घरेलु कामदारको क्षेत्रमा काम गर्दै आएको संस्था अमकाश नेपालका अध्यक्ष विजया राई श्रेष्ठले लैङ्गिक मैत्री नीति बनाउनुपर्ने र आलेखवद्ध कामदारलाई नीनिले समेट्नुपर्ने बताए । वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका आध्यक्ष राजारम गौतमले सीपयुक्त जनशक्तिमात्र वैदेशिक रोजगामा पठाउने नीति अवलम्बन गरिनुपर्ने बताए ।
आप्रवासन अध्येता सोम लामिछाने श्रम आप्रवासन र वैदेशिक रोजगारीका विषयमा प्रष्ट भएर नीति पुनरावलोकन गरिनुपर्ने बताए । रोजगारीका क्रममा भारतमा रहेका श्रमिकलाई पनि नीतिले सम्बेधन गर्नुपर्ने उनले बताए । प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगार बोर्डलगायत संरचनाका बारेमा नीतिमा स्पष्ट व्याख्या हुनुपर्नेमा जोड दिए । रासस