image
image
सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन

सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन

काठमाडौँ, ३१, जेठ । स्वास्थ्य र त्यसमा पनि विशेषरुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सन्राइज बैंकले जेठ २८ गते काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको छ । 

पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यता महिलाहरु स्तन क्यान्सरको जाचँ गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन् । तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको हो । सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो । साथै शिविरमा आउन हुने सम्पुर्ण मानिसहरुको  निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको थियो । 

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म र अस्पताल भर्ना र इएम् खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम  समेत दिदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।