भारतमा बढ्दै कोरोना संक्रमितको संख्या,एकैदिनमा आठ हजार ५८२ नयाँ सङ्क्रमित
हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको ०.०६ प्रतिशत भएको जनाइएको छ ।
शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७१ प्रतिशत रहेको छ ।
कोरोना महामारीको कारण भारतमाा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन् । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ ।
भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।









