image
image

कामदार साउदी पठाएको रेकर्ड पाँच वर्षसम्म राख्न दूतावासको आग्रह

काठमाडौँ, २६, जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका लागि साउदी अरेबियाको राजदूतावासमा भिसा स्ट्याम्पिङका प्राविधिक समस्याबारे छलफल गरेकोे छ । 

संघका संयोजक बिमल ढकाल, सदस्यद्वय पूर्व अध्यक्ष प्रेम कटुवाल र प्रज्ञान न्यौपानेले बुधबार दूतावासका कार्यवाहक राजदूत तथा कन्सुलर सेवाका कर्मचारीसँग साउदी भिसा स्ट्याम्पिङका समस्याबारे छलफल गरेका हुन् ।

संघका तर्फबाट साउदी आईडी नवीकरण र कम्पनी ब्ल्याकलिष्टको समस्या राखिएको पूर्व अध्यक्ष कटुवालले जानकारी दिए । जवाफमा कार्यवाहक राजदूत र कन्सुलर शाखाका कर्मचारीले नेपाली व्यवसायीहरूलाई दुःख सास्ती दिने कुनै मनसाय नभए पनि भिसा स्ट्याम्पिङका लागि जाने म्यानपावर कम्पनीहरूले कामदारको विवरण साउदी अरबले तोके अनुसारको ढाँचामा नराख्ने गरेका कारणले समस्या हुने गरेको बताएका छन् ।

पूर्व अध्यक्ष कटुवालले व्यवसायीले कामदार पठाएको कम्तिमा पाँच वर्ष उक्त कामदारको विवरण जुनसुकै बेला दूतावासमा बुझाउन सक्ने गरी चुस्त दुरुस्त राख्नुपर्ने देखिएको बताए । म्यानपावर कम्पनीहरूले भिसा स्ट्याम्पिङ गर्दा रोजगारीमा जाने कामदारको राहदानी, मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट पेश गर्ने गरेका हुन्छन् । 

हाल कायम ८ सय ६० म्यानपावर कम्पनीमध्ये करिब ६ सय म्यानपावर कम्पनीसँग साउदी दूतावासको परिचयपत्र ‘साउदी आईडी’ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।