image
image

वैदेशिक रोजगारको सुधारमा सीपमूलक तालिमको जोड

काठमाडौँ, २५, जेठ । प्रतिनिधिसभाका सांसदहरुले युवालाई सीपमूलक तालिम दिएमा स्वदेशमा नै रोजगारी र वैदेशिक रोजगारमा राम्रो आम्दानी गर्न सक्ने बताएका छन् । 

मंगलवार प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले उक्त धारणा राखेका हुन् । 

उपयुक्त तालिम उपलब्ध नभएको, भएको तालिम पनि प्रभावकारी नभएको उनीहरुले गुनासो गरे । छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले वैदेशिक रोजगारमा जानुअघि  हाल दिइने तालिम नाम मात्रका रहेकोे भन्दै तालिमको गुणस्तर वृद्धिको माग राखिन् । 

श्रम मन्त्रालय आन्तरिक रोजगार वृद्धि भन्दा वैदेशिक रोजगारमा जान चाहनेहरुलाई श्रम स्वीकृति मात्र दिने निकायमा परिणत भएको भन्दै सांसद पौडेलले मन्त्रालयले स्वदेशमा श्रम गर्ने कामदारका लागि नीति निर्माण र योजना तर्जुमा गर्नुपर्ने धारणा राखिन् । वैदेशिक रोजगारीबाट सीप सिकेर स्वदेश फर्केका युवायुवतीलाई मुलुकभित्रै रोजगारीमा जोड्ने कार्यक्रम आवश्यक भएको बताइन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सामान्य सीप सिकाउने हो भने उनीहरूले हाल गरिरहेको भन्दा तेब्बर आम्दानी गर्ने बताए । वैदेशिक रोजगारमा जाने वा पठाउने कामलाई समाजले नकारात्मकरूपमा लिन नहुने भन्दै सांसद कर्णले वैदेशिक रोजगारलाई उपलब्धीमूलक बनाउन सरकारले ध्यान दिनेपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।