image
image

एकीकृत समाजवादीले प्रधानमन्त्रीसामु बुझायो नयाँ मन्त्रीको नाम, को- को ?

काठमाडौँ, २४, जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान सरकारमा आफ्नो पार्टीबाट सामेल हुन नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। 

आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकको निर्णयबमोजिम एकीकृत समाजवादीले मन्त्री बनाउन नयाँ ५ जना नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको हो। यसअघि सरकारमा सहभागी ५ नेतालाई भने पार्टीले फिर्ता बोलाउने निर्णय गरेको छ। 

पार्टीको निर्णयअनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन्।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री र श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए। स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।