image
image

कतारमा श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध

काठमाडौँ, २०, जेठ । कतारमा तापक्रम बढेपछि श्रमिकलाई खुला क्षेत्रमा काम गर्न रोक लगाइएको छ । कतारको श्रम मन्त्रालयले आज अर्थात् जुन १ देखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको हो ।

दिउँसोको समयमा अधिक तापक्रम हुने हुँदा श्रमिकलाई तापक्रमजन्य समस्या आउन नदिन कतार सरकारले खुला क्षेत्रमा काम गर्न रोक लगाएको हो ।

कुनै कम्पनीले सरकारको यो निर्णय नमानी आफूलाई काम लगाएको कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिन्छ । अथवा बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम लगाएमा कतारमा रहेको नेपाली दूतावासमा पनि आफ्नो समस्या भन्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।