image
image

भारतमा एकैदिन ३ हजार बढिमा कोरोना पुष्टि, कति पुग्यो ?

काठमाडौँ, १९, जेठ ।  भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको संख्या ३ हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  

मङ्गलबार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार तुलनामा बुधबार कोरोना सङ्क्रमितको संख्या ९६७ बढेको छ । गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो । गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो । 

हाल यहाँ १९ हजार ५०९ सक्रिय सङ्क्रमित रहेका छन् । यो संख्या कुल सङ्क्रमितको ०।०५ प्रतिशत हो । बुधबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ५८४ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख २० हजार ३९४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

भारतले  बुधबार चार लाख ४१ हजार ९८९ को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा  कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १३ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।