मानुषी लघुवित्त शाखा प्रमुखदेखि कनिष्ठ सहायकको लागि कर्मचारी माग, आवेदन कहिलेसम्म दिने ?
काठमाडौँ, १९, जेठ । मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक(शाखा प्रमुख) सहित केहि पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बिहीवार एक सूचना जारी गर्दै वरिष्ठ सहायक तथा कनिष्ठ सहायक पदका लागि केहि कर्मचारी माग गरेको हो ।
कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको कार्यालय वा कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् ।









