image
image

गणपति लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौँ, १८, जेठ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले विभागीय प्रमुख अन्तर्गतको लेखा तथा वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि विभाग, अनुपालना तथा सामान्य सेवा विभाग, जनशक्ति व्यवस्थापन विभाग र आन्तरिक लेखा परिक्षण विभागमा एक–एक जना कर्मचारी माग गरेको छ ।

साथै लघुवित्तले सहायक/प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख अन्तर्गतका लागि स्नातक देखि स्नाकोत्तर सम्मको शैक्षिक योग्यता र प्रशिक्षार्थीका लागि एसएलसी उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असार २ गतेभित्र सम्पूर्ण आवश्यकीय कागजात संकलन गरी कम्पनीको इमेल [email protected] वा कम्पनीको वेबसाइट www.ganapatimicro.com.np  मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।