image
image

बेलायतमा अब हप्तामा ३ मा तीन दिन बिदा, कहिलेदेखि लागु हुने

काठमाडौँ, १६, जेठ ।  बेलायत सरकारले अब हप्तामा ३ मा तीन दिन बिदा दिने भएको छ ।

स्पेन,आइसल्यान्ड, अमेरिका र क्यानडापछि अब बेलायतमा पनि काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्नका लागि यस्तो व्यवस्था कायम गर्न लागिएको हो। 

बेलायतका ६० वटा ठूला कम्पनीले १ जुनदेखि यो व्यवस्थाको परीक्षण गर्न भएका छन्। यो व्यवस्थाको मुख्य उद्देश्य कर्मचारीको कामको समय घटाउनु हो। 

अमेरिका, स्पेन, आइसल्याण्ड र क्यानडामा पहिले नै यस्तो व्यवस्थाको परीक्षण सुरु भइसकेको छ। अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि अगस्टदेखि यस्तो परीक्षण सुरु हुनेछ।  

बेलायतमा करिब ६ महिनासम्म चल्ने यो परीक्षणमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई चार दिन वा अधिकतम ३२ घण्टा काम लगाउनेछन्। अर्थात कर्मचारीहरुलाई प्रत्येक साता तीन दिनको बिदा दिइनेछ। 

यसमा बेलायतका ६० ठूला कम्पनीका करिब ३ हजार कर्मचारीहरु समावेश हुनेछन्। यसबीचमा कर्मचारीको तलबमा कुनै पनि परिवर्तन गरिने छैन। कर्मचारीहरुले ५ दिनको काम ४ दिनमा सक्नुपर्नेछ। 

कैयौँ अन्य देशमा फोर डे विकको सुरुआत पहिलेदेखि नै भइसकेको छ। ती देशलाई फोर डे विक क्लब भन्ने गरिन्छ। अरब देश यूएईले सरकारी कार्यालयहरुमा जनवरी २०२२ देखि सातामा ४ दिन काम गर्ने व्यवस्था लागू गरेको थियो। 

यस्तै जापानको कम्पनीको प्यानासोनिकले पनि साताको ४ दिनमात्रै कामको व्यवस्था सुरु गरेको छ। न्युजिल्यान्डको बहुराष्ट्रिय कम्पनी युनिलिभरले पनि आफ्ना कर्मचारीका लागि डिसेम्बर २०२० देखि एकवर्षे ४ दिवसीय कार्य सप्ताह सुरु गरेको थियो। 

बेल्जियममा पनि श्रम कानुनमा परिवर्तन गरिँदैछ। जसपश्चात कर्मचारीलाई साताको तीन दिन बिदा दिइनेछ। त्यहाँ नयाँ व्यवस्थापछि अफिसपश्चात हाकिमको म्यासेज वा कललाई बेवास्ता गर्न पाइने विशेष सुविधा दिइनेछ। 

स्पेन सरकारले पनि यस्तै व्यवस्था लागू गर्ने घोषणा गरेको छ। स्कटल्यान्ड र आयरल्यान्डमा पनि परीक्षणका रुपमा यस्तो व्यवस्था सुरु भइसकेको छ। आइसल्यान्डले पनि ४ वर्षको परीक्षणपछि चार कार्यदिनको व्यवस्था घोषणा गरेको छ। 


facebook sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।