image
image

बेलायतमा मौसमी नेपाली कृषि मजदुर चर्को शोषणमा परेको सार्वजनिक

काठमाडौँ, १५, जेठ । बेलायतमा सिजनल रोजगारीका लागि ल्याइएका मौसमी नेपाली कृषि मजदुर चर्को शोषणमा परेको सार्वजनिक भएको छ । 

बेलायतको व्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाको संयुक्त खोजले यो विषय सार्वजनिक गरेपछि कामदार भर्नाको ठगी विश्वव्यापी बहसको विषय बनेको छ । 

फलफूल तथा तरकारी टिप्ने कामका लागि बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्म लगिएका नेपाली ठगिएको अध्ययनले देखाएको छ । नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट निर्णय लागू गरेको ६ वर्ष भइसकेको छ । 

तर ६ महिनाको मौषमी कामका लागि ५ लाख रुपैयाँ एजेन्टलाई तिर्नुपरेको बेलायत आइपुगेका नेपालीहरूले अनुसन्धानकर्ताहरूलाई बताएको दि गार्डियनले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेकोे छ । 

कामदारहरूले जोन खड्काले सञ्चालन गरेकोे नेपाली कम्पनी ‘माइ करिअर एचआर सोलुसन्स’लाई ५ लाख रूपैयाँ तिरेको बताएका छन् । बेलायतमा हवाई टिकट र भिसा खर्च मात्रै आवेदकले खर्च गर्नुपर्ने बताइएको छ । कामदारले भिसा आवेदन गर्दा लाग्ने कुल खर्च २ सय ५९ पाउण्ड अर्थात् करिब ४० हजार नेपाली रुपैयाँ लाग्ने बताइएको छ ।

बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्ममा काम गर्न १ सय ५० जना नेपाली ल्याइएको र उनीहरू सबैले अवैधरूपमा महँगो शुल्क तिर्नु परेको समाचारमा उल्लेख छ । ती कामदारमध्ये धेरैले बेलायतमा जागिर मिलाइदिने कम्पनीका लागि काम गर्ने एजेन्टहरूलाई उक्त रकम तिरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।