image
image

ललितपुरमा महिला हस्तकला मेला हुने, के के हुँदैछ प्रदर्शन?

काठमाडौँ २० फागुन।  ललितपुरमा आगामी शनिबारदेखि महिला हस्तकला मेला–२०७७ आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुने बताईएको छ । 

‘हस्तकलाको प्रवर्द्धन , महिला सशक्तीकरणको सम्वद्र्धन’ भन्ने नारासहित संचालनमा आउन लागेको उक्त मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ।  

त्यस्तै मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ। मेलामा साना ठूला गरी ५० भन्दाबढी स्टलहरु रहने बताइएको छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।