image
सत्याल पब्लिकेसनको डिजिटल फड्को, १० हजार शिक्षकलाई रोजगारी दिने

सत्याल पब्लिकेसनको डिजिटल फड्को, १० हजार शिक्षकलाई रोजगारी दिने

काठमाडौँ, ९, जेठ । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ ।

शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वर्ल्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिए ।

वर्ल्डलिंकका कर्पाेरेट निर्देशक लक्ष्मण यादवका अनुसार  वर्षौं देखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन गर्न सफ्टवेयरको विकास गरेको हो । 

विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्दै सो एपमा इन–पुस्तक, स्मार्ट कक्षा, अनलाइन तथा हाइब्रिड कक्षा र परीक्षा, ट्युसन, असाइनमेन्ट आदि राखिनका साथै हाल ट्युसनमा १० हजार शिक्षकलाई आंशिक रोजगारी दिइने लक्ष्यका साथ शैक्षिक भविष्य बदल्ने योेजना राखेको प्लेटफर्म प्रालिका कार्यकारी अध्यक्ष तथा सीईओ आर्यन सत्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।