image
महजोडीले गरे विश्वज्योति मल्टिप्लेक्स शुभारम्भ

महजोडीले गरे विश्वज्योति मल्टिप्लेक्स शुभारम्भ

काठमाडौँ, ३, जेठ । फिल्म प्रदर्शनको इतिहास बोकेको जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि नयाँ स्वरुपमा संचालनमा आउने भएको छ । सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गरे ।

भूकम्पपछि जीर्ण बनेको पुरानो हललाई २०७१ सालमा भत्काइएको थियो । पुरानो हलकै आडमा बनेको नयाँ मल्टिप्लेक्सको माथिल्लो तलामा हल खुलेको हो ।

विश्वज्योति मल्टिप्लेक्समा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् । थ्रीडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधासम्पन्न छ । शुभारम्भ समारोहमा बोल्दै संचालक मोहन सर्राफले दर्शकको सुविधालाई ध्यानमा राखेर हल संचालनमा ल्याउन लागिएको बताए ।

सो अवसरमा ‘लक्का जवान’ फिल्म प्रदर्शन गरिएको थियो । फिल्मका निर्देशक र कलाकार पनि उपस्थित रहे । शुक्रबारदेखि हलमा नियमितरुपमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।