image
विराटनगर १७ मा जसपाको प्यानलै विजयी

विराटनगर १७ मा जसपाको प्यानलै विजयी

काठमाडौँ, २, जेठ ।  विराटनगर महानगरपालिका वडा नम्बर १७ मा जनता समाजवादी पार्टीले प्यानलै जितेको छ। यसअघिका वडा अध्यक्ष समिम कमर मियाले १ हजार ४५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९४४ मत प्राप्त गरे । आलम यसअघि विराटनगर १५ का तत्कालीन संघीय समाजवादी फोरमबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी कांग्रेस प्रवेश गरेर वडा नम्बर १७ मा उठेका थिए ।

वडा नंं १७ को सदस्यमा जसपाका जाकिर आलम महमद मन्जर आलम, महिला सदस्यमा चुलिया देवी साह र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।