रिभर फल्स पावरको आईपीओमा पहिलो दिन १ लाख बढी आवेदकबाट आवेदन
काठमाडौँ, २८, वैशाख । रिभर फल्स पावर लिमिटेडको आईपीओमा निष्कासनको पहिलो दिन १ लाख बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १ लाख ७ हजार ६३७ आवेदकबाट १३ १३ करोड १७ लाख रुपैयाँ बढीको १३ लाख १७ हजार ४० कित्ता शेयर माग भएको हो ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आज वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो।
कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ। सीडीएससीको ‘मेरो सेयर’ बाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ हुनेछ। यस अवधिसम्म मागबमोजम आवेदन नपरेको खण्डमा यो आईपीओमा जेठ ११ गतेसम्म आवेदन दिन पाइनेछ।
रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।