image

विद्यालयहरूमा पनि आइतबार बिदा हुने, वर्षमा अधिकतम ३० दिन मात्रै

विद्यालयहरूमा पनि आइतबार बिदा हुने, वर्षमा अधिकतम ३० दिन मात्रै

काठमाडौँ, २८, वैशाख । जेठ १ गतेबाट निजी र सरकारी विद्यालय पनि सातामा दुई दिन बिदा हुने भएको छ । 

वैशाख १३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो । 

यस्तै, आज (बुधबार) बसेको शिक्षा मन्त्रालयको बैठकले पनि जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालय बिदा दिने औपचारिक निर्णय गरेको हो । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको मन्त्रालयले जनाएको छ ।

यसका साथै, अब हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।