image

बैंकहरुले लगातार २ दिनभन्दा बढी सार्वजनिक बिदा नपाउने

बैंकहरुले लगातार २ दिनभन्दा बढी सार्वजनिक बिदा नपाउने

काठमाडौँ, २८, वैशाख । बैंक तथा वित्तीय संस्थाहरुले दशैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार २ दिनभन्दा बढी दिन नपाउने भएका छन् । 

वि.सं. २०७९ सालका लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेश्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग९टक्सार महाशाखा समेत०बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणालीबाट प्रवाह हुने आरटिजिएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा लगायतका अन्य अत्यावश्यक सेवाहरु तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यक बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाई निर्धारित कार्यालय समयसम्म कार्यालय सञ्चालन गर्नुपर्ने निर्देशन जारी भएको हो । 

केन्द्रीय बैंकले मात्र नभई बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्ना अत्यावश्यक सेवा सोहीअनुसार २ दिनभन्दा बढी बिदा भएमा तेश्रो दिनदेखि सञ्चालन गर्नुपर्नेछ । 

केन्द्रीय बैंकको बिविदा सम्बन्धी सूचना आउनुअघि सरकारले गृहमन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गरी लगातार दुई दिनभन्दा बढी सार्वजनिक विदा भएमा तेश्रो दिनदेखि स्वास्थ्य संस्था, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, बैंकिङ सेवा, राजस्व, मालपोत, नापी, भन्सार, स्थानीय तहलगायतले मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । नयाँ व्यवस्थाअनुसार सार्वजनिक विदाको दिन सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्नुपर्नेछ । 

विभाग, कार्यालय महाशाखा इकाईले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ । 

हप्ताको दुई दिन विदा हुँदा हत्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङ्कन लागि अभिलेख गरी राख्न समेत भनिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।