image

  • अर्थ रोजगार
  • अर्थ
  • कारोबारको चाैथाे दिन पनि शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम पनि बढ्याे
कारोबारको चाैथाे दिन पनि शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम पनि बढ्याे

कारोबारको चाैथाे दिन पनि शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम पनि बढ्याे

काठमाडौँ, २८, वैशाख । लगातार चौथो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ०६ अङ्कले बढेर दुई हजार तीन सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा बीमा, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि केही बढेको छ । दुई सय २९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता शेयर दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । अरू पाँच वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर एक प्रतिशतभन्दा धेरैले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।