निर्वाचनको दिन अत्यावश्यकबाहेक सवारी साधन नचल्ने, यी सवारीसाधन मात्रै चल्नेछन
काठमाडौँ, २८, वैशाख । चुनावका दिनमा निजी, सार्वजनिक यातायात बन्द हुने भएका छन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न अत्यावश्यक बाहेकका सवारी साधन चल्न नदिने निर्वाचन आयोगले निर्णय गरेको हो ।
अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शब बाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवाजस्ता अत्यावश्यक सवारी साधन भने सुचारु हुन दिने आयोगले प्रष्ट पारेको छ ।