धनगढी उडेकाे श्री एयरलाइन्स जहाजकाे इन्जिन फेल हुँदा काठमाण्डाैँमै अवतरण
काठमाडौँ, २८, वैशाख । काठमाण्डाैँबाट ८७ यात्रु लिएर धनगढी उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाण्डाैँमै आकस्मिक अवतरण गराइएकाे छ।
जहाजकाे एउटा इन्जिन फेल भएपछि काठमाडाैँमै आकस्मिक अवतरण गराइएकाे हाे। जहाजमा ८७ जना यात्रु थिए।
सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उनको भनाइ छ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले जानकारी दिए।
उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो।