बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त मनमैजुबाट पक्राउ
काठमाडौँ, २८, वैशाख । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका- २ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।
अभियृक्त खड्कीलाई उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै ३ दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उनले पीडितलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्यानमा पारेको प्रहरीको दाबी छ ।
पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यरोले बताएको छ ।