image

आज अमेरिकी डलरसहित अन्य देशको विनिमयदर कति छ ?

आज अमेरिकी डलरसहित अन्य देशको विनिमयदर कति छ ?

काठमाडौँ, २८, वैशाख । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर १२४.०४ रुपैयाँ र खरिद दर १२३.४४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको सटहीदर कायम गरेको हो ।

हिजो अमेरिकी डलरको बिक्री दर १२४.२५ रुपैयाँ थियो । यस्तै, डलरको खरिद दर १२३.४४ रुपैयाँ थियो । जुन, आज केही ओरालो लागेपनि डलरको सटहीदर उच्च मूल्यमा नै कायम छ । पछिल्लो समय भारतीय मूद्रा डलरको तुलनामा कमजोर बन्दै जाँदा भारूसँग स्थिर विनिमयदर रहेको नेपाली मुद्रा समेत कमजोर बन्दै गएको छ ।

एक यूरोको बिक्री मूल्य १३०.७३ रुपैयाँ र खरिद मूलइ १३०.०९ रुपैयाँ छ । १५२.८१ रुपैयाँमा बिक्री भइरहेको पाउण्ड स्र्टलिङको खरिद दर १५२.०७ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्री दर ८६.२६ रुपैयाँ र खरिद दर ८५.८५ रुपैयाँ छ । यस्तै, सिंगापुर डलरको बिक्री दर ८९.२० रुपैयाँ र खरिद दर ८८.७७ रुपैयाँ छ भने १० जापानी येनको बिक्री दर ९.५३ रुपैयाँ र खरिद दर ९.४८ रुपैयाँ छ ।

चिनियाँ युवानको बिक्री मूल्य १८.४५ रुपैयाँ र खरिद मूल्य १८.३६ रुपैयाँ छ भने साउदी रियालको बिक्री दर ३३.०७ रुपैयाँ र खरिद मूल्य ३२.९१ रुपैयाँ छ । यसैगरी, कतारी रियालको बिक्री दर ३३.९५ रुपैयाँ र खरिद दर ३३.७८ रुपैयाँ छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री दर ३३.७७ रुपैयाँ र खरिद दर ३३.६१ रुपैयाँ छ । यसका साथै, मलेसियन रिंगटको बिक्री दर २८.३१ रुपैयाँ र खरिद दर २८.१७ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।