image

न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

काठमाडौँ, २८, वैशाख । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्ण रूपमा खोल्ने बताएकी छिन् । सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन् । 

सरकारले यसअघि तोकेको समयभन्दा दुई महिना अगाडि अर्थात जुलाईको अन्त्यमा सीमा खोल्न लागिएको हो । भिसा चाहिने आगन्तुकहरू अब न्युजिल्याण्ड आउन सक्नेछन् । 

अकल्यान्डमा बिजनेश एनजेडको दिवाभोजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिमाना खोल्दा तत्काल सीप अभाव हट्ने, पर्यटन क्षेत्रलाई फाइदा हुने र अध्यागमन सेटिङलाई अझ सुरक्षित तहमा राख्न मद्दत पुग्ने विश्वास गरिन् ।

‘हामी न्युजिल्याण्डको आर्थिक भविष्य सुरक्षित गर्न हामी प्रमाणित योजनामा निर्माण गर्दैछौँ’, प्रधानमन्त्रीले भनिन् ।  एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।