image

भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

काठमाडौँ, २८, वैशाख । भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।