image

डेढ महिनापछि बैंकहरुले गरे १०० किलो सुन आयात

डेढ महिनापछि बैंकहरुले गरे १०० किलो सुन आयात

काठमाडौँ, २८, वैशाख ।  डेढ महिनापछि बैंकहरुले १०० किलो सुन आयात गरेका छन् । बैंकर्स एशोशियसनका अनुसार झण्डै डेढ महिनापछि १०० किलो सुन आयातको लागि सिफारिस गरिएको थिए ।

तरलता अभावसँगै केन्द्रिय बैंकले सुनको आयातमा पनि कडाई गरेको थियो । गत फागुनमा मात्रै केन्द्रिय बैंकले सुन आयातको कोटा २० केजीबाट घटाएर १० केजिमा झारेको थियो । अहिले बैंकहरुले दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउछन् ।

बैंकर्स एशोशियसनले गत चैत २४ गतेदेखि सुनको आयात पुर्ण रुपमा रोकेको थियो । सुनको आयात रोकिएको करिब डेढ महिनापछि पुनः आयात सुचारु भएको हो । 

अहिले ग्लोबल आइएमई बैंक र प्रभु बैंकले सुन आयात सुरु गरेका छन् । आयात गरिएको सुनमा बैंकहरुसँग ३१ किलो सुन स्टकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।