image

साग स्वर्ण विजेता सञ्जुलाई अन्तिम श्रद्धान्जली

साग स्वर्ण विजेता सञ्जुलाई अन्तिम श्रद्धान्जली

काठमाडौँ, २७, वैशाख । १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ।

चौधरीको  पार्थिव शरिरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फूलमाला अर्पण गर्दै अन्तिम श्रद्धान्जली दिए। 

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाएर श्रद्धान्जली ब्यक्त गरे। 

बाँकेबाट भारोत्तोलन खेल्ने सञ्जुको दाहसंस्कार गृह जिल्लामा गरिने भएकाले पार्थिव शरिर शववहानमा हालेर त्यतै लगिनेछ।यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले श्रद्धान्जली दिए। 

सञ्जुको मंगलबार निधन भएको हो। ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरको कोठाको सिलिङको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

गत वैशाख १६ गते छनोट भएपछि उनी प्रशिक्षणका लागि सञ्जयसँगै रंगशाला जाने गरेको श्रेष्ठले बताए।नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार उनी एसियाली खेलको छनोटको तयारिका लागि प्रशिक्षक महर्जनकै घरमा बसिरहेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।